काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।
अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले यसभन्दा पहिला पनि पावर सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा अनियमितता गरेको आरोपमा २ अर्ब ६९ करोडको मुद्दा हालेको थियो ।