काठमाडौं । आयोगले निरन्तर तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने तीनवटा दललाई सातदिने स्पष्टीकरण पत्र काटेको छ।
आयोगले लेखा परीक्षण प्रतिवेदन कानूनबमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकाले तपाईंलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भन्ने प्रश्न सोध्दै आयोगले आफ्नो सफाइसहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम पेस गर्न ७ (सात) दिनको समयावधि दिई पत्राचार गरेको छ।
आयोगले २१ वटा दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ। लेखा परिक्षण सार्वजनिक नगर्ने २० र निर्धारित समयभन्दा पछि लेखा परीक्षण बुझाउने एक राजनीतिक दललाई सात दिनभित्र सार्वजनिक गरी विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ।