काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। शुक्रबार सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। योसँगै चाँदी १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुन १ लाख ४६ हजार ६ सय र चाँदी १ हजार ६ सय ९० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

