काठमाडौं । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको उल्लेख गरेको छ ।
आईएलओ ले सोमबार सार्वजनिक गरेको आफ्नो प्रतिबेदनमा उक्त कुरा उल्लेख छ । उक्त रिपोर्टको एउटा अंशमा भनिएको छ, ‘विश्वभर लाखौं युवाहरुको राम्रो पारिश्रमिकयुक्त काम पाउने आकांक्षामा बाधा पुगेको छ ।’
साथै उक्त प्रतिवेदनमा कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको वृद्धिले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारको स्थितिमा भने केहि आशाका किरणहरु देखा परेका छन् ।तर आर्थिक सुधारको लाभ असमान छ ।
खासगरी एशिया प्रशान्त र खाडी मुलुकहरुमा यस्तो अवसरबाट महिलाहरु भने बन्चित भएको अवस्था छ ।प्रतिवेदनमा सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको छ ।
यो सन् २०१९ मा १३.८ प्रतिशतको कोभिड महामारीपूर्वको दरभन्दा केहि कम हो ।आईएलओका अनुसार युवा बेरोजगारी दर पूर्वी एशियामा ४.३ प्रतिशत, खाडी मुलुकमा एक प्रतिशतभन्दा बढी तथा दक्षिणपूर्व एशिया र प्रशान्त क्षेत्रमा एक प्रतिशतका दरले बढिरहेको छ ।