काठमाडौं । दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौं उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन गाउँ गएका छन्।
घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए।