काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले अस्वीकृत गरेको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकृत गर्दै सरकारलाई कानूनबमोजिम गर्नु भन्ने आदेश दिएको छ ।
सरकारी वकिल कार्यालयले कानूनबमोजिम पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलाउनु नपर्ने सरकारी वकिलले ठहर गरेपछि त्यसविरुद्ध अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सुरुमा उनको रिट निवेदन सर्वोच्चका रजिस्टार भद्रकाली पोखरेलले दरपीठ गरिदिए पनि पछि सर्वाेच्चको इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो । सर्वाेच्चले रिट जारी नगरेका कारण अब पूर्वमन्त्री अधिकारीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउने बाटो बन्द भएको छ ।