काठमाडौं । लमजुङमा ६ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एच.पि.भी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार १० देखि १४ वर्ष उमेर समूहका किशारीहरुको लागि यही माघ २२ गते फेब्रुअरी ४ क्यान्सर दिवसको दिनदेखि फागुनको ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको कार्यक्रम अन्र्तगत पहिलो पटक देशैभर सञ्चालन हुने खोप कार्यक्रममा लमजुङ जिल्लाका ६ हजार ५ सय ४४ जना किशोरीहरुलाई खोप लगाईने स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्ला भित्रका १ सय ३४ खोप कार्यकर्ता, २ सय ६८ स्वमंसेवक, १ सय ३४ विद्यालय र ८० वटा स्वास्थ्य संस्थामा गरी जम्मा २ सय १४ खोप केन्द्र रहने छन् ।