एजेन्सी । माइक्रोसफ्टले नयाँ एआई च्याटबट लञ्च गरेको छ । कम्पनीले सोमबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट जारी गरेको हो । यसले चिकित्सा पेसाकर्मीहरूलाई दस्ताबेज राख्नुपर्ने झन्झटबाट मुक्त गर्न मद्दत गर्नेछ । यो एआई असिस्टेन्टले डाक्टर र चिकित्सकहरू बिचको कुराकानी रेकर्ड गर्ने, क्लिनिकल नोटहरू तयार गर्ने, रेफरल लेटरको मस्यौदा बनाउने आदि काम गर्न सक्छ । बिरामी डाक्टरलाई भेट्न आएपछि यसले पोस्ट भिजिटका संक्षिप्त रिपोर्टहरू पनि तयार पार्न सक्छ ।
माइक्रोसफ्टले आफ्नो न्यूजरूम पोस्टमा यो नयाँ एआई उपकरणको बारेमा जानकारी दिएको थियो । कम्पनीले अमेरिकन मेडिकल एसोसिएसन (एएमए)को २०२४ को तथ्याङ्कलाई उद्धृत गर्दै अमेरिकामा चिकित्सकहरूमाझ बर्नआउट दर ४८ प्रतिशत पुगेको देखाएको छ । यद्यपि यो अघिल्लो वर्षको भन्दा कम हो । २०२३ मा यो दर ५३ प्रतिशत थियो । बढ्दो कार्यभार र कागजात जिम्मेवारीहरूले चिकित्सकहरूमा असर पारिरहेको माइक्रोसफ्टको ठम्याई छ ।
ड्र्यागन कोपाइलट बनाउन माइक्रोसफ्टले नुआन्सको एआई प्रविधि प्रयोग गरेको छ । यसलाई कम्पनीले २०२२ मा किनेको थियो । यो एआई सहायक दुई प्रमुख उपकरणहरूको संयोजन हो ।
ड्र्यागन मेडिकल वनः यो एआई उपकरणले प्राकृतिक भाषामा आधारिभवाइस असिस्टेन्ट दिएको छ । ड्र्यागन एम्बियन्ट एक्सपिरियन्सः यसले चिकित्सक र बिरामीहरू बिचको कुराकानी सुनेर पर्यावरणीय डेटा प्रशोधनको सुविधा दिन्छ ।