काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार युवराज बिद्रोही निर्वाचित भएका छन् ।
शनिबार ललितपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट बिद्रोही सर्वसम्मत रुपमा अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघ काठमाडौंको शाखाको २ पटक सभापति समेत भइसकेका बिद्रोही पछिल्लो समय महासंघको एसोसिएट संस्था मञ्चको नेतृत्वमा थिए ।
मञ्चको उपाध्यक्षमा क्यापिटल एफएफममा कार्यरत बिमल थापा र महासचिवमा प्राइमटाइम्स टेलिभिजनमा कार्यरत राजु भण्डारी निर्वाचित भएका छन् । थापा यसअघि मञ्चको महासचिव थिए भने भण्डारी लामो समयदेखि संस्थाको सदस्य थिए ।
यसैगरी सचिवहरुमा कमला नेपाल, प्रितम सागर कर्माचार्य र सन्तोष मिश्र निर्वाचित भएका छन् । तीन सचिवहरु मध्ये कमला नेपाल यसअघि कोषाध्यक्ष थिइन् भने कर्माचार्य सचिवमै दोहोरिएका हुन् । मिश्र भने मञ्चको प्रतिनिधित्व गर्दै पत्रकार महासंघको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी महासंघको एसोसिएट प्रदेश समितिमा कार्यसमिति सदस्य छन् । संस्थाको कोषध्यक्षमा गिता थापा निर्वाचित भएका छन् ।
संस्थाको सदस्यहरुमा प्रज्ज्वल थापा, जितेन्द्र श्रेष्ठ, श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल र मिलन थापा निर्विरोध निर्वाचित भएका छन् ।