काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गरिने भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफल पछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार पारिएको हो ।
सो मस्यौदा अनुसार आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गरिने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।