काठमाडौं । बाढीका कारण अवरुद्ध बीपी राजमार्ग करिब १२ घण्टापछि पुनः संचालनमा आएको छ। हिजो बेलुकी करिब ९ बजेतिर अवरुद्ध भएको राजमार्ग आज दिउँसो साढे १ बजे पुनः संचालन भएको हो।
गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएपछि बनाइएको डाइभर्सन हिजो रोशी खोलामा आएको बाढीले बगाएको थियो। इन्जिनियर दुर्गा प्रसादका अनुसार ३ ठाउँमा बाढीले क्षती पुर्याएको थियो। तीन ठाउँमा बगाएको सडक बनाएपछी यातायात संचालन भएको उनले बताए।