काठमाडौं । ललितपुर महानगरपालिकाले स्वर्गिय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको शालिक अनावरण गरेको छ ।
जोशीको १०६ औं जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै महानगरले आफ्नै प्राङ्गणमा रहेको झनाख्यः मेट्रो पार्कमा स्थापित शालिकको अनावरण गरेको हो ।
अर्धकदको शालिकको अनावरण मेयर चिरिबाबु महर्जनले गरेका हुन् । उक्त कार्यक्रममा नगर प्रमुखसहित विभिन्न व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरू र जोशीका अनुयायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । डा.जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ ।