काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिमा आफूलाई नराख्न प्रधानमन्त्री केपी शर्मा ओली दिएको निर्देशनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जवाफ फर्काएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका हुन् ।
‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने’, बालेनले लेखेका छन्, ‘ माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ ।’
गणतन्त्र दिवस मूल समारोह समितिको सोमबारको बैठकमा मेयर शाह उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले अबका दिनमा उनको (बालेन) नाम नराख्न निर्देशन दिएका थिए ।