काठमाडौं । सरकारले राप्रपाका तीन सांसदका अंगरक्षक फिर्ता फिर्ता बोलाएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहका अंगरक्षक (पीएसओ) लाई सरकारले फिर्ता बोलाएको हो।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले अंगरक्षक खोसिएको जानकारी दिँदै कुनै घटना भए त्यसको जिम्मेवार प्रधानमन्त्री हुने बताएका हुन्।