काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष पदमा रञ्जिता श्रेष्ठकै नेतृत्व कायम रहने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको विधानअनुसार अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो।
आयोगले मंगलबार असन्तुष्ट पक्षले पेस गरेको विवरण कानुन र विधानसँग मेल नखाएको भन्दै अध्यक्षमा श्रेष्ठ नै ठहर गरेको हो । रन्जिता श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।
लालबीर चौधरी नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा रञ्जिता श्रेष्ठका ससुरा हुन्। अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।