काठमाडौं । शाओमीले दुई नयाँ आकर्षक मोडलहरू रेडमी १५ र रेडमी १५सी नेपालमा सार्वजनिक गरेको छ। दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको कम्पनीले उल्लेख गरेको छ।
रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एमएएच क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३डब्ल्यू फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८डब्ल्यू रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यसको ६.९ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको र १४४एचजेट रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । टीयूभी रेनल्यान्ड ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, आईपी६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५०एमपी एआई डुअल क्यामेरा प्रणाली र ८एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली स्न्यापड्रागन ६८५ चिप, उन्नत हाइपर ओएस २ र गुगल जेमिनी का साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा २टीबी सम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।
त्यस्तै रेडमी १५सी आफ्नो ७.९९एमएम स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६०००एमएएच क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३डब्ल्यू फास्ट चार्जिङ र १०डब्ल्यू रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।
यसमा ६.९ इन्चको एचडी प्लस डिस्प्ले र १२०एचजेट रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । मिडिया टेक हेलियो जी८१ अल्ट्रा प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५०एमपी एआई डुअल क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।
रेडमी १५सी मा पनि १टीबी सम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् हाइपर ओएस २ र गुगल एआई का सर्कल टु सर्च तथा जेमिनी जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, आईपी६४ सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।
रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ– स्यान्डी पर्पल, टाइटान ग्रे र मिडनाइट ब्ल्याक । यस्तै, रेडमी १५सी तीन चम्किला रंगमा उपलब्ध छ — मिडनाइट ब्ल्याक, मिडनाइट ब्ल्यू र मिन्ट ग्रिन ।
मूल्य र भेरियन्टतर्फ रेडमी १५ ६ जीबी प्लस १२८ जीबीको १८ हजार ९ सय ९९, ८ जीबी प्लस २५६ जीबीको २१ हजार ९ सय ९९ रुपैयाँ तथा रेडमी १५ सीको ४ जीबी प्लस १२८ जीबीको १४ हजार ९ सय ९९, ६ जीबी प्लस १२८ जीबीको १६ हजार ४ सय ९९ र ८ जीबी प्लस २५६ जीबीको १८ हजार ९ सय ९९ रुपैयाँ छ।