काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार गत सोमबार माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको हो।
सरकारको सिफारिसमा संविधानको व्यवस्था अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका प्रवक्ता शाक्यले जानकारी दिए।

