काठमाडौं । नेपाली बजारमा मंंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ४ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

