काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातील राजीनामा दिएका छन् ।
उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । चुनावी परिणामलाई कारण देखाउँदै उनले राजीनामा दिएको स्रोतको भनाइ छ । उनले चुनावको नतिजा आएलगत्तै राजीनामा दिए पनि हालसम्म पार्टीले स्वीकृत गरेको छैन ।
तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।
