काठमाडौं। प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।
बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए।
उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए। सोहीअनुसार सभाबाट बहुमतले उक्त विधेयक पारित भएको हो।

