निगमको एलपी ग्यास तथा एभिएसन विभागले उद्योगहरूलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन विभिन्न निर्देशन दिएको हो।
निगमले सबै एलपी ग्यास उद्योगलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन आग्रह गरेको छ। त्यस्तै, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न र भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन निर्देशन दिएको छ।
बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले निगमले आयातदेखि वितरणसम्मका सबै चरणलाई सक्रिय र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो।

