काठमाडौं । रसुवा भोटेकोशी बाढी प्रभावितका लागि बसोबास तथा जीविकोपार्जनमा सहयोग पुग्नेगरी १० वटा साझेदार संस्थाले हालसम्म २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ वितरण गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ २५ गतेको निर्णयअनुसार साझेदार संस्थाहरूले बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ र गोरखाका १२ वटा पालिकाका प्रभावित घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता (Multi Purpose Cash Assistance) प्रदान गरेका हुन्।
नगद सहायता वितरण भएका पालिकाहरूमा विदुर नगरपालिका, उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, किस्पाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, कालिका गाउँपालिका, आमाछोदिङमो गाउँपालिका, नौकुण्ड गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका तथा गण्डकी गाउँपालिका रहेका छन्।
नगद सहायता वितरण गर्ने साझेदार संस्थाहरूमा विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस, प्लान इन्टरनेशनल, युनिसेफ, पिपल इन निड, वर्ल्ड भिजन, हेल्भेटास, एससिआइ, डिसिए र सिआरएस रहेका छन्।
कुनै लाभग्राहीले बसोबास तथा जीविकोपार्जन अनुदान पाउन बाँकी भएमा ‘भोटेकोशी बाढी प्रभावितका लागि बसोवास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया, २०८३’ मा उल्लेख भएअनुसारका आवश्यक कागजात संलग्न गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन्।

