काठमाडौं । नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ। बैंकर्स संघको बिहीबार बसेको बैठकमा बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।
हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए। अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।