लमजुङ । लमजुङ बेसिशहर बजारका खाद्यन्न र किराना पसलको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय लमजुङको आगुवाइमा बजार अनुगमन गरिएको हो ।
बेसिशहर नगरपालिका ८ शेरा बजार क्षेत्रका १५ वटा खाद्यन्न तथा किराना पसलको अनुगमन गरिएकोमा म्याद सकिएका खाद्यान्न सामग्री भेटिएको छ ।
अधिकाशं पसलमा म्याद गुज्रेको सामग्री भेटिएको अनुगमन टोलीका संयोजक पर्यटन तथा उद्योग कार्यालय प्रमुख मिताकुमारी थापाले बताए। अनुगमन टोलीले म्याद गुज्रेका सामानको जफत गरी मुचुल्का उठाएको थियो । ती सामग्रीलाई जिल्ला प्रशासन कार्यालयले प्रक्रिया पूरा गरेर नष्ट गरेको छ ।