काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्न लागिएको हो ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएकाले वैदेशिक रोजगार बोर्डले वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए ।
बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १० लाख पु¥याउने तयारी रहेको बताए ।
उनले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रावृत्ति ८ हजार र १२ हजार प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने बताए ।
उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए ।