Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो…
काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा…
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- नवनियुक्त ४ मन्त्रीले लिए शपथ
- आज मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ
- सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
- जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति
- जेनजीसँगको सम्झौतालाई सरकारले गर्यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने
- फाइनलमा लुम्बिनी
- भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सरकार र जेनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक हो : अध्यक्ष ओली
- ट्रम्पले घोषणा गरे १० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा, ‘फास्ट–ट्रयाक’ प्रक्रियाबाट दिइने
- रवि र छविको मुद्दा हेर्न नमिल्नेमा
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन् । छलफलबाट प्रसारणलाइनको निर्माण यही साउनभित्र सम्पन्न गर्ने नयाँतालिका तय गरिएको छ । छलफलमा…
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप १ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अरुणकुमार श्रेष्ठलाई जोरपाटी माथिको नयाँबस्तीबाट पक्राउ गरेको हो। उनी नापी विभागका पूर्व कर्मचारी तथा अमिन हुन्। सरकारी जग्गामा नक्कली मोही खडा गर्ने काममा उनीको पनि भूमिका देखिएको सीआईबीले जनाएको छ। यो प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्। सीआईबीले सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा अनुसन्धान गर्न ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको छ।
काठमाडौं । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो। ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्। यस्तो छ सूची
जनक श्रेष्ठ लमजुङ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६ सय ५३ जना लाभान्वित भएका छन् । नौथर सेरामा दोर्दी गाउँपालिका, नमूना सामुदायिक अस्पताल, लायन्स क्लव अफ लमजुङ बेसिशहर र बबिता क्लिप्स् इन्टरटेन्मेन्ट लमजुङको संयुक्त आयोजनामा आयोजित शिविरमा दोर्दी गाउँपालिकाका ६ सय ५३ जना संख्यामा लाभान्वित भएका हुन् । नमूना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठले ४०५ जना महिला र २४८ जना पुरुष लाभान्वित भएको बताए ।निःशुल्क शिविरमा सामान्य परीक्षण, दन्त सेवा, महिला रोग परीक्षण, छाला रोग, भिडियो एक्सरे, रगत परीक्षण, मनोविमर्श भएको थियो । प्रमुख श्रेष्ठले भन्नुभयो, शिविरमा २१५ जनाको…
काठमाडौं । एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरी…
काठमाडौं । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
काठमाडौं । धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एक जनाको हत्या गरिएको छ। लुटेरा समूहले विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानेको छ। लुटेराको गोलीबाट घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । धनकुटाबाट विराटनगर आउँदै गरेका चौधरीमाथि अपराह्न हतियारधारी समूहले गोली प्रहार गरी सेउती पुलमा लुटपाट गरेको थियो। लुटेरा समूहले चौधरीको मोबाइल र पैसा लुटेको प्रहरीले जनाएको छ।
काठमाडौं । १ क्विन्टल बढी सुन तस्करी प्रकणमा पक्राउ परेका ४ जनालाई उच्च अदालत पाटनले ९ दिन थुनामा राखेर अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ। बिहीबार पक्राउ परेका ४ जनालाई उच्च अदालतले ९ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन्। राजस्व अनुसन्धान विभागले मंगलबार, बुधबार र बिहीबार गरी सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये मंगलबार र बुधबार पक्राउ परेका ६…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
