Author: हाम्राे हेडलाइन

जनक श्रेष्ठ लमजुङ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६ सय ५३ जना लाभान्वित भएका छन् । नौथर सेरामा दोर्दी गाउँपालिका, नमूना सामुदायिक अस्पताल, लायन्स क्लव अफ लमजुङ बेसिशहर र बबिता क्लिप्स् इन्टरटेन्मेन्ट लमजुङको संयुक्त आयोजनामा आयोजित शिविरमा दोर्दी गाउँपालिकाका ६ सय ५३ जना संख्यामा लाभान्वित भएका हुन् । नमूना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठले ४०५ जना महिला र २४८ जना पुरुष लाभान्वित भएको बताए ।निःशुल्क शिविरमा सामान्य परीक्षण, दन्त सेवा, महिला रोग परीक्षण, छाला रोग, भिडियो एक्सरे, रगत परीक्षण, मनोविमर्श भएको थियो । प्रमुख श्रेष्ठले भन्नुभयो, शिविरमा २१५ जनाको…

Read More

काठमाडौं । एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरी…

Read More

काठमाडौं । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

Read More

काठमाडौं । धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एक जनाको हत्या गरिएको छ। लुटेरा समूहले विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानेको छ। लुटेराको गोलीबाट घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । धनकुटाबाट विराटनगर आउँदै गरेका चौधरीमाथि अपराह्न हतियारधारी समूहले गोली प्रहार गरी सेउती पुलमा लुटपाट गरेको थियो। लुटेरा समूहले चौधरीको मोबाइल र पैसा लुटेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । १ क्विन्टल बढी सुन तस्करी प्रकणमा पक्राउ परेका ४ जनालाई उच्च अदालत पाटनले ९ दिन थुनामा राखेर अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ। बिहीबार पक्राउ परेका ४ जनालाई उच्च अदालतले ९ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन्। राजस्व अनुसन्धान विभागले मंगलबार, बुधबार र बिहीबार गरी सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये मंगलबार र बुधबार पक्राउ परेका ६…

Read More

काठमाडौं । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो । गत वर्ष साउन ५ गते अर्थात् आजकै दिनसम्म ८८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष यसै समयमा २० प्रतिशत कम रोपाइँ भएको हो । मधेस प्रदेश, वाग्मती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा गोरुमा लम्पी स्किन रोग देखिएका कारण रोपाइँमा ढिलाइ भएको पनि उनले सुनाए । सुदूरपश्चिम प्रदेशमा भने करिबकरिब रोपाइँ…

Read More

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त मानिएका कलाधर देउजा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरेको हो । सर्वोच्च अदालतले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेलगत्तै देउजा पक्राउ परेका हुन् । उनी २०४९ सालमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख थिए । ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेश खारेज भएसँगै सीआईबीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएकाहरुलाई पक्राउ प्रक्रियालाई तीव्रता दिएको छ । कलाधरले ४ रोपनी २ पैसा जग्गा बकसमा लिएका छन् । सीआईबीका अनुसार जग्गा उनका परिवारका अन्यको नाममा राखिएको छ ।

Read More

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएको थियो। जसको सुनुवाइ गर्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। आदेशमा राउतले अनुसन्धान सम्पन्न नभएसम्म नेपालबाहिर जान नपाउने भनिएको छ। अन्य बन्दीको रिट अदालतले खारेज गरेको छ। जसमा सुधीरकुमार शाह, धर्मप्रसाद गौतम…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र संगठित अपराध स्वीकार्य नहुने जनाएका छन् । मोटरसाइकलको ब्रेक सुमा झन्डै एक क्विन्टल सुन तस्करीको बारेमा त्रिभुवन विमानस्थलमा अनुगमनका क्रममा पुगेका श्रेष्ठले शुक्रबार वर्तमान सरकार सुशासन स्थापनाको काममा दृढतापूर्वक अगाडि बढिरहेको दाबी गरे । उनले एक क्विन्टल सुन तस्करीको विषयमा छानबिन समिति बनाइसकेको र त्यसले छानबिनको प्रक्रियालाई अगाडि बढाइसकेको पनि जानकारी दिए । ‘त्यो छानबिन कमिटीको प्रक्रियालाई अपराधको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जोसुकै भए पनि त्यसको नेक्सस र ग्रुपमा पुग्ने गरी अनुसन्धानलाई अघि बढाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने, ‘सरकारका तर्फबाट मैले अहिले पनि सबै अधिकारीहरुलाई…

Read More