Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी…
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ ।…
काठमाडौं । नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको…
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ४ खर्ब ९ अर्ब…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म
- एमाले महाधिवेशनः २ जनाको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत
- पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
Author: हाम्राे हेडलाइन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र संगठित अपराध स्वीकार्य नहुने जनाएका छन् । मोटरसाइकलको ब्रेक सुमा झन्डै एक क्विन्टल सुन तस्करीको बारेमा त्रिभुवन विमानस्थलमा अनुगमनका क्रममा पुगेका श्रेष्ठले शुक्रबार वर्तमान सरकार सुशासन स्थापनाको काममा दृढतापूर्वक अगाडि बढिरहेको दाबी गरे । उनले एक क्विन्टल सुन तस्करीको विषयमा छानबिन समिति बनाइसकेको र त्यसले छानबिनको प्रक्रियालाई अगाडि बढाइसकेको पनि जानकारी दिए । ‘त्यो छानबिन कमिटीको प्रक्रियालाई अपराधको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जोसुकै भए पनि त्यसको नेक्सस र ग्रुपमा पुग्ने गरी अनुसन्धानलाई अघि बढाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने, ‘सरकारका तर्फबाट मैले अहिले पनि सबै अधिकारीहरुलाई…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप क्रिकेटको तयारी श्रीलंकामा गर्ने भएको छ। पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने छ। एसिया कपको समूह बीमा रहेको नेपालले पाकिस्तानसँग पाकिस्तान र भारतसँग श्रीलंकामा खेल्ने छ। त्यसका लागि क्यानले प्रतियोगिताअघि श्रीलंकामा तयारी गर्ने निर्णय गरेको हो। ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं,’ क्यानले भनेको छ। नेपालमा बर्खाको समय भएकाले श्रीलंकामा प्रशिक्षणको व्यवस्था मिलाइएको क्यानले जनाएको छ। त्यो शिविरमा अनुभवी प्रशिक्षक र…
काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार आज काठमाडौं, ललितपुर, भक्तपुरलगायत २५ भन्दा बढी जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना देखिएको हो। ती जिल्ला र आसपास भई बहने नदी/खोलाले प्रभाव पर्ने क्षेत्रका बासिन्दाले बाढीबाट हुनसक्ने जोखिम र क्षतिबाट बच्न महाशाखाले सल्लाह दिएको हो। महाशाखाले भनेको छ, ‘आज अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा दार्चुला र बासपास भट्ट बहने केही स(साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाइराखौँ।’ यस्तै आज सिन्धुपाल्चोक, रसुवा, काठमाडौं,…
काठमाडौं । अब भारतबाट नेपालमा चामल नभित्रिने भएकाे छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाल पनि यसबाट प्रभावित हुने भएकाे हाे । भारतले मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाएकाे छ । बिहीबार भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएकाे हाे । मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अवस्था सिर्जना हुनबाट रोक्न भारतले निर्यातमा राेक लगाएकाे हाे ।
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताए । उनले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए । बिहीबार सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताए । उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पु¥याउने आश्वासनसमेत दिए । अर्थ मन्त्रालयसँग समन्वय गरेर त्यो कामलाई अघि बढाउने श्रेष्ठको भनाइ…
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। विभाग स्रोतका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ुब्रेक शुु मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुनसक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ। विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल,…
काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले बिहीवार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५ औंँ स्थानमा छ । नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औंँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालपछि भुटान १८५ औँ, बङ्गलादेश १८९ औंँ, पाकिस्तान २०१ औंँ र श्रीलङ्का २०४ औँ स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकले जोखेको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५ केजी देखिएको छ । राजस्व अनुसन्धान विभागले सुन भएको पोका आज नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले सुनको पोका जोखिसकेको छ । बरामद भएको सुन पोकासहित जाेख्दा १५५ केजी निस्किएको छ । यद्धपी सुनमा बेरिएको कपडा, कार्टुन र स्कुटरकाे ब्रेक सु निकाल्दा भने सुनको परिमाण कम हुने अनुमान गरिएकाे छ। ताैल लिँदा १६० वटा ब्रेक सु भेटिएको थियो । तीमध्ये एक ब्रेक सु बाहेक अन्य सबैमा सुन रहेको फेला परेकाे छ ।सुन भेटिएका…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो।
लमजुङ । दोर्दी गाउँपालिका वडा नं. ६ ताजे गाउँमा निर्मित ताजे खानेपानी योजना हस्तान्तरण गरिएको छ । जोखिममा रहेका भुकम्प प्रभावितहरुको लागि पुनर्लाभ एवम् सामुदायिक उत्थानशिल परियोजनाद्वारा निर्मित ताँजे खानेपानी योजना एक कार्यक्रमकाबीच स्थानीयलाई हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उपभोक्ता समिति अध्यक्ष मनराज घलेलाई उक्त योजना हस्तान्तरण गर्दै अब शुद्ध पानि घरघरमा आएकाले खानेपानीको दुःख हट्नुका साथै नागरिकको स्वास्थ्य खानेपानी अधिकार सुनिश्चित भएको छ । यसअघि समेत पालिकाको विभिन्न स्थानमा घरेपिच्छे खानेपानी धारा पु¥याइ सकेको र बाँकी रहेको स्थानमा समेत चाडै पु¥याउने लक्ष्यका साथ पालिका अघि बढेको उनको भनाइ छ । घरघरमै धारा उपलब्ध भएपछि स्थानीयलाई सहज…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
