Author: हाम्राे हेडलाइन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति बरामद भएको सुन जोख्नका लागि टक्सार महाशाखा पुर्‍याइएको छ । भन्सार जाँचपास भएर बाहिरिसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । १६० ढिक्का सुनलाई ८ वटा पोकामा राखेर महाशाखा लगिएको छ । सुन आयातमा संलग्न एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

Read More

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले वास्तविक सुन तस्करीलाई जोगाउन नियोजितरूपमा आफ्नो नाम जोडिएको दावी गरेका छन् । मंगलबार दिउँसो विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर मल्होत्राले सुन काण्डमा आफ्नो संलग्नता रहेको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताए । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो । उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आश्चर्य व्यक्त गरेका छन् । बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत…

Read More

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउले यसअघिको अलटाइम हाई ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ। आज कायम सुनको भाउ हालसम्मकै उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। उनका अनुसार उक्त समितिले छिटो भन्दा छिटो प्रतिवेदन तयार पार्नेछ। ब्रेक शुमा लुकाइछिपाई ल्याइएको सुन जाँचपास गर्नमा क-कसले सहयोग गरेका थिए र संलग्नहरुकोबारेमा समितिले विस्तृत छानबिन गर्नेछ। त्यस्तै विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ।

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् । विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो । यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद…

Read More

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ। यस्तै नेपालले आफ्नै दोस्रो खेल भारतसँग खेल्नेछ। भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुनेछ। यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको छ। एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी  ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ। प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। भारत…

Read More

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ। बुधबार राति राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो। राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा कार्गोमार्फत् आएको सुन बरामद गरेको हो। राजश्व अनुसन्धान विभागले अहिले अप्रेशन जारी राखेको छ। यसको थप विवरण भने आउन बाँकी छन्

Read More

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काएको छ । बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ । तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

Read More

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ। श्रीलंकामा जारी यो प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको युएई ‘ए’ ले ४४ ओभरमा १५७ रन बनाएको थियो। नेपालका ब्याट्सम्यान कुशल भूर्तेलले यो खेलमा सबैभन्दा बढी ४३ बलमा ७१ रन बनाएका थिए। देव खनालले ३८ बलमा २४ रन, सन्दिप जोराले १५ बलमा २४ रन, क्याप्टेन रोहितकुमार पौडेलले ११ बलमा ९ रन, गुल्शन झाले १८ बलमा ११ रन, कुशल मल्लले ६ बलमा २ रन र प्रतिस जीसीले ३ बलमा ८ रन बनाएका छन्। युएई एका बलरद्घय मोहम्मद फराजउद्दीन ले ५ र मुहम्मद जावदुल्लाह…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ १० स्थित भद्रकुमारी घलेको घरमा डोजर चलाएको छ। देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी रूपले कब्जा लिएर सरकारी जग्गामा घरटहरा बनाएको भन्दै महानगरको टोलीले घरलगायत संरचना भत्काएको हो। केही दिनअघि महानगरले मंगलबारसम्म घलेलाई सामान निकाल्न भनेको थियो। बुधबार बिहानदेखि नगर प्रहरी आफैंले धमाधम सामान हटाउन थालेको हो। काठमाडौं नगर प्रहरीले अहिले त्यहाँका भौतिक संरचनामा डोजर चलाइरहेको छ।

Read More