Author: हाम्राे हेडलाइन

काठमाडौं । काठमाडौं सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ । काठमाडौं महानगरपालिका ३, रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा आइतबार अपराह्न साढे ४ बजे १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापनको टोलीले खोजी गरिरहेको छ । सामाखुसीबाट बगेका बालक विभिन्न खोलामा पुगेको हुन सक्ने अनुमानसहित प्रहरीले विभिन्न युनिट परिचालन गरेको छ । विष्णुमती र बागमती नदीका…

Read More

काठमाडौं । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–२ मा आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोमा आमा छोराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पहिरोमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीय छोरा रिजनको मृत्यु भएको हो। अञ्जुका १७ वर्षीय देबर देबर गोब्बरको प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ।

Read More

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेशका एक-दुई स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।…

Read More

काठमाडौं । काठमाडौंको सामाखुशीमा एक बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन्। पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय साजन मगर बेपत्ता भएको प्रहरीले जनाएको छ। विद्यालयबाट घर फर्किएपछि खेल्न निस्किएका सामाखुशी निवासी साजनलाई सानो खोल्साले बगाएर बेपत्ता बनाएको हो। बालक बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ।

Read More

काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् । गत मंगलबार, बुधबार र बिहीबार गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी संलग्न १० जनालाई नियन्त्रणमा…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमार्फत् विदेश भ्रमण गर्न जाने नेपाललाई राहात हुने किसिमको व्यवस्था गरेको छ। जसअनुसार अब नेपाली रहादानी वाहकले २५ सयसम्म डलर सटही गर्न पाउने भएका छन्। यसअघि यो सुविधा १५ सय डलर रहेको छ। वित्तिय नीतिमार्फत् विदेश भ्रमणमा जाने नेपालीलाई २ प्रतिशत पर्यटन शुल्क लगाएपछि मौद्रिक नीतिमार्फत् डलर सटहीको सीमा बढाएको हो। सो व्यवस्थाअनुसार भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधावापत १ वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर साट्न पाउने सुविधा दिइनेछ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन् । छलफलबाट प्रसारणलाइनको निर्माण यही साउनभित्र सम्पन्न गर्ने नयाँतालिका तय गरिएको छ । छलफलमा…

Read More

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप १ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अरुणकुमार श्रेष्ठलाई जोरपाटी माथिको नयाँबस्तीबाट पक्राउ गरेको हो। उनी नापी विभागका पूर्व कर्मचारी तथा अमिन हुन्। सरकारी जग्गामा नक्कली मोही खडा गर्ने काममा उनीको पनि भूमिका देखिएको सीआईबीले जनाएको छ। यो प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्। सीआईबीले सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा अनुसन्धान गर्न ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको छ।

Read More

काठमाडौं । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो। ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्। यस्तो छ सूची

Read More