Author: हाम्राे हेडलाइन

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीले जनाएकाे छ । सिआइवीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा संगठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए । ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई…

Read More

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ । विभागले  बुधबार तामाङलाई पक्राउ गरेको हो । विभागले अहिले उनको सम्पर्कबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पुगेको छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर यही साउन २ गते एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका निशा डाँगी, सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांदसहरूको समर्थन रहेको छ । रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ ।

Read More

काठमाडौं । नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद एक सय किलो बढि सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको हो । एमालेले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको हो । बैठकपछि एमाले सांसद रघुजी पन्तले पटक पटक सुन आएको खवर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराईमा पुगेर छानबिन गर्न माग गरेको जानकारी दिए ।

Read More

काठमाडौं । सामाखुसी बाढीमा नालामा खसेर बेपत्ता बालक अझै भेटिएका छैनन। आइतबार साँझ करिब साढे ५ बजे काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी अगाडि नालामा खसेर १२ वर्षीय साजन आलेमगर बेपत्ता भएका थिए। तर उनी अझै फेला पर्न सकेका छैनन्। रानीबारीस्थित घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन अहिलेसम्म फेला परेका छैनन्। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीका अनुसार बालकको खोजी जारी नै छ। यस्तै, उनको खोजी गर्न काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि पत्राचार गरेको छ। काठमाडौंमा सशस्त्र प्रहरी बलको टोलीले पनि खोजी गरिरहेको छ।

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै, घिमिरेले प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पनि सुनाउने छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, शिक्षा मन्त्री अशोक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा…

Read More

काठमाडौं । निर्वाचन आयोगले गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे खर्च खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २३ सय ७४ र प्रदेशसभातर्फ ३१ सय ८८ गरी ५५ सय ६२ जनालाई ऐनबमोजिम चुनाव खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो । यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका १३ सय ९८ गरेर २४ सय ३५ जनालाई १५ हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरिएको प्रवक्ता पाैडेलले जानकारी दिए ।

Read More

काठमाडौं । घुस लेनदेनमा संलग्न भएको ठहर गरी गृह मन्त्रालयले नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई मंगलबार बर्खास्त गर्ने निर्णय गरेको हो। गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट ३५ तोला सुन र स्रोत नखुलेको रकम बरामद गरेको थियो। त्यति वेला उनी इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख थिए। बुटवलका एक व्यवसायीको सुन अनुसन्धानका नाममा बरामद गरी उनले १५ लाख घुस मागेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि गोप्य टोली खटाएको थियो। कास्कीमा सरुवा भएर रमाना लिने दिनमा त्यसरी उनी रंगेहात पक्राउ परेका थिए। प्रहरी प्रधान कार्यालयले…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेले पाएका छन् । मंगलबार अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि भन्सार कार्यालयको प्रमुख रहेका अरुण पोखरेलको जिम्मेवारी खोसिएको हो । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले पोखरेललाई हटाएर भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुख रहेका पोखरेल सुन तस्करी हुँदा पनि बिदामा दिए । पोखरेल दुई महिनादेखि बिदामा छन् । ३ साउनमा राजस्व अनुसन्धान विभागले विमानस्थलको सुरक्षा जाँच पार भएको आएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।

Read More

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ। काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो। स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो। पार्कमा हिँड्न नपाएको भन्ने जन गुनासो आएको र वडाको स्वीकृती समेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृती लिएर मात्रै गर्न आग्रह गरे।

Read More