काठमाडौं । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–२ मा आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोमा आमा छोराको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पहिरोमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीय छोरा रिजनको मृत्यु भएको हो।
अञ्जुका १७ वर्षीय देबर देबर गोब्बरको प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ।