Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेकपा (एमाले)को कार्यक्रम र राजावादी समूहको प्रदर्शनलाई लक्षित गर्दै भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ। जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने हवाई निगरानीका लागि ड्रोन प्रयोग गरिने पनि सुरक्षा निकायले जनाएको छ। एमालेले भृकुटीमण्डपमा बिहान ११ बजे विशेष कार्यक्रमको आयोजना गर्दैछ। उता राप्रपासहित राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शनको तयारी गरेका छन् । प्रशासनले उनीहरूलाई दिउँसो २:३० बजेपछि मात्र प्रदर्शन गर्न अनुमति दिएको छ।
काठमाडौं । अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम कारागारबाट छुटेका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए । कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए । इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई ट्याक्टरमा हाली इँट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरेका हुन्। उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ। षडयन्त्रपूर्ण छ। यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु।’ उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे। उनले भने, ‘यो असत्य र बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ।’
स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको बताएका हुन् । उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जानए। ‘अविकासबाट विकासमा मुलुकलाई लान सबैले…
काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजार नेप्से बढेको छ । बुधबार नेप्से १७.४४ अंकले बढेको हो । आज दुई करोड कित्ता सेयर ८ अर्ब ५८ करोडमा किनबेच भएको छ । आज धितोपत्रहरुको वृद्धिदर १० प्रतिशतसम्म हुँदा घटेकाहरुको गिरावट दर अधिकतम ५.२६ प्रतिशतसम्म छ । आज ओम मेगाश्री फम्र्यास्युटिकल्सको सेयर १० प्रतिशतले बढ्दा प्योर इनर्जीको ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ९.८५ प्रतिशत, भूगोल इनर्जी डेलपमेन्टको ९.१५ प्रतिशत र अरुण कावेली पावर लिमिटेडको ५.८९ प्रतिशतले बढेको छ।
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । यसअघि प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ः३० बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो १ः१० मिनेटमा आधा घण्टाका लागि भन्दै स्थगित भएको बैठक सहमति जुट्न नसकेपछि सूचना टाँसेर पुनः ३ः३० बजेका लागि सारिएको थियो । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा आवाज उठाएपछि मंगलबारदेखि बैठक बस्न सकेको छैन । मंगलबार पनि आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आजका लागि सारिएको थियो ।
काठमाडौं । सरकारले राप्रपाका तीन सांसदका अंगरक्षक फिर्ता फिर्ता बोलाएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहका अंगरक्षक (पीएसओ) लाई सरकारले फिर्ता बोलाएको हो। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले अंगरक्षक खोसिएको जानकारी दिँदै कुनै घटना भए त्यसको जिम्मेवार प्रधानमन्त्री हुने बताएका हुन्।
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।
काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् २ दिने नेपाल भ्रमणको क्रममा उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। साथै, परराष्ट्रमन्त्री डा. अरुज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब साढे ३ बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बस्नु भएको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित