काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरेका हुन्। उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ। षडयन्त्रपूर्ण छ। यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु।’
उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे।
उनले भने, ‘यो असत्य र बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ।’