काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
यसअघि प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ः३० बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो १ः१० मिनेटमा आधा घण्टाका लागि भन्दै स्थगित भएको बैठक सहमति जुट्न नसकेपछि सूचना टाँसेर पुनः ३ः३० बजेका लागि सारिएको थियो ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा आवाज उठाएपछि मंगलबारदेखि बैठक बस्न सकेको छैन ।
मंगलबार पनि आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आजका लागि सारिएको थियो ।