Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री दाहालले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए ।

Read More

लमजुङ । लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । माघको पहिलो सातादेखि विवरण संकलन गर्न लागिएको हो । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै विवरण संकलन हुँदै आएको छ । स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल जिल्ला प्रशासन कार्यालयमा दुई स्टेसनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न…

Read More