Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा बुधबार सुनुवाइ हुँदैछ। लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी मंगलबार परे पनि उक्त मुद्दा हेर्न नमिल्ने भन्दै आजका लागि सरेको हो। पेसी न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको थियो। न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा रहेर लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरिसकेकाले उनको अर्को मुद्दाको सुनुवाइमा बस्न नमिल्ने भन्दै अस्वीकार गरेका थिए। रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो। लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार…

Read More

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ। यद्यपि ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मंगलबार म्यानहट्टन अदालतमा ३४ वटा अपराधको आरोप लगाइएको थियो। ट्रम्पले २०१६ को चुनावी अभियानमा आफूसँग सम्बन्धित नकारात्मक समाचारलाई दबाउन पैसा तिरेको आरोप लगाइएको छ। यसमा पोर्नस्टारसँग सम्बन्धित आपराधिक मुद्दा पनि परेको छ। उनीमाथि लागेका प्रत्येक आरोपमा अधिकतम चार वर्षको जेल सजाय हुने त्यहाँको कानुनी व्यवस्था छ।

Read More

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी बुधबार अन्तिम नामावली प्रकाशन गर्दैछ। उम्मेदवारका विरुद्धमा मङ्गलबार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोगले जनाएको छ। तनहुँ-१, चितवन-२ र बारा-२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको थियो। तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन- २ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो। उनीमाथि परेको उजुरीमाथि चितवन निर्वाचन कार्यालयले…

Read More

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको छ । काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार…

Read More

अध्येता किरण वि.क दलभित्रको लोकतन्त्र, लिडरसिप र अन्तर्राष्ट्रिय मामिलामा रुची राख्छन् । उनी फिल्म क्षेत्रमा पनि आवद्ध छन् । उनै वि.कसँग बदलिँदो राजनीतिक परिवेशको सेरोफेरोमा रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ उनै वि.क सँग गरिएको कुराकानी । माओवादीको भविष्यलाई लिएर माओवादीहरुले चिन्ता लिएको पाइन्छ ? माओवादीको भविष्य के होला ? हरेक पार्टीले आफ्नो भविष्यलाई लिएर चिन्तित हुनुपर्छ । त्यो स्वभाविक कुरा हो । जनयुद्धको १० वर्ष र त्यसयताका १८ वर्ष गरेर यो पार्टी २८ वर्षको जवान भएको छ । त्यसअर्थमा पार्टी माओवादी युवा अवस्थामा छ । तर जनयुद्ध शुरु गर्दाको सामाजिक आर्थिक राजनीतिक अवस्था, शान्तिप्रक्रियाको १८ वर्ष र अब…

Read More

काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेको तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् । एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता फेरबदल भएसँगै सरकारमा बस्न उचित नलागेको भन्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २३ जना प्रदेश सभा सदस्य रहेका छन् ।

Read More

एजेन्सी । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताउनुभएको छ । साथै उहाँले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताए । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ । चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो…

Read More

काठमाडौं । काठमाडौंमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् । फेसबुकमा बालेनसँगको भेटको तस्वीर शेयर गर्दै साम्पाङले आफूहरूको पहिलो भेट भएको उल्लेख गरेका छन् । उनले भेटमा रमाइलो कुराकानी भएको पनि जानकारी दिएका छन् । ‘आज बालेन शाहज्यूसँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी,’ साम्पाङले फेसबुकमा लेखेका छन् । भेटका क्रममा हर्कले बालेनलाई चिनोको रूपमा सिलामसाक्मा दिएका थिए ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए । पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गरेका छन् । पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी…

Read More

काठमाडौं । पञ्चपुरी नगरपालिका, सुर्खेतका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशकसमेत सात जना र नमुना समाज, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपियाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ । नगरप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल…

Read More