Author: हाम्राे हेडलाइन

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । चितवन २ मा कांग्रेसले दिउँसो २ बजे, एमालेले दिउँसो ३ बजे र राप्रपाले दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । यो क्षेत्रको उपचुनावमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्ने तयारी छ । गएको मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ…

Read More

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता कार्यक्रम छ। उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन्। आयोगका प्रवक्ता शालिग्राम पौडेलले उपनिर्वाचनमा भाग लिनका लागि तनहुँ १ र बारा २ मा २६ वटा तथा चितवन २ मा १८ वटा राजनीतिक दल दर्ता भएको जानकारी दिए। चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेश भएको छ । पासपोर्ट दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफलले रिट निवेदन पेश गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले पासपोर्ट दुरुपयोग नभएको भन्दै लामिछानेमाथि राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो । रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

Read More

काठमाडौं । काठमाडौं टोखा नगरपालिका अन्तर्गत वडा नम्बर ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आइतबार जगपूजा गरी शिलान्यास गरेका हुन् । नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलिररालुकादेवी निर्माण कम्पनीले करिब चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहरुपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।

Read More

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिका र पालिका मातहातका सबै कार्यालयमा विद्युतीय हाजिरी शुरु भएको छ । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन गाउँपालिकाले पालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी जडान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले गाउँपालिका कार्यालय, वडा नं. १ देखि ९ सम्मका वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विद्युतीय हाजिरी मेशिन जडान गरिएको बताए । विद्युतीय हाजिरी मेशिन गाउँपालिकासहित सवै कार्यालय प्रमुखको कार्याकक्षमा जडान गरिएको छ । गाउँपालिका कार्यालयमा मात्रै करिब ४० जनाले हाजिरी गर्ने अधिकृत गुरुङले बताए । उनका अनुसार कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् । आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । उनले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पीडितसँगको सहमति कार्यान्वयन गर्ने बताए । त्यसका लागि आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेकोले समस्या समाधान हुने उनको भनाइ छ ।

Read More

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ४९ लाख ४९ हजार ४० हजार रुपैयाँ बराबरको १४ लाख ४९ हजार ४०० कित्ता साधारण सेयर निष्कासन लागेको हो । जसमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता…

Read More

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। सार्वजनिक जग्गा लुम्बिनी ग्यास प्रालि गैंडाकोट नवलपरासीको नाममा बिक्री वितरण गरी भ्रष्टाचारजन्य कार्य गरेको ठहर गर्दै गत शुक्रबार अदालतले भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशहरू श्रीकान्त पौडेल, खुशीप्रसाद थारुको इजलासले सरकारी जग्गा व्यक्तिको नाममा बनाउनेहरूलाई भ्रष्टाचारी ठहर गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार वर्ष अघि २ करोड ८६ करोड लाख ५२ हजार रूपैयाँ बिगो कायम गरी सजायसमेत मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो। अदालतले मालपोत कार्यालय परासीका अधिकृत मनोहरप्रसाद पन्थीलाई ११ वर्ष कैद ठहर गरेको छ। पन्थीलाई १८ लाख ६६ हजार ६ सय…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । हाल उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

Read More