Author: हाम्राे हेडलाइन

काठमाडौं । आजदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ। सङ्घीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र…

Read More

काठमाडौं । रामेछाप मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ । मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस…

Read More

काठमाडौं । उपनिर्वाचनका लागि लागू हुने निर्वाचन आचारसंहिताका कारण सरकार निर्माण र विस्तार प्रभावित नहुने भएको छ । निर्वाचन आयोगले वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका गतिविधि प्रभावित नहुने आयोगले जनाएको छ । आयोगले निर्वाचन हुने तीन जिल्लामा मात्रै लागू हुने गरी आचारसंहिता जारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन हुने तीन जिल्लाभर मात्रै आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने बताए । यसअघि राष्ट्रपति र उपराष्ट्रपति…

Read More

काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गरी सार्वजनिक गरेका हुन् । बिहीबार सिंहदरबारमा आयोजित एक समारोहमा मस्यौदा समितिका तर्फबाट पूर्वमन्त्री एवम् जसपाका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनबाट पारित भएको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री दाहालका तर्फबाट न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन, विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयताको कार्यान्वयन गर्नेमा गठबन्धन सरकार प्रतिबद्ध रहेको बताइन् ।

Read More

काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपाल “नान” को प्रारम्भिक साधारण सभा शुक्रबार हुने भएको छ । लैनचौरस्थित मल्ल होटलमा आयोजना गरिएको प्रारम्भिक साधारणसभाको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री माननीय रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । “नान” का अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठका अनुसार बिहान ९ बजे देखि शुरु हुने कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको छ । प्रारम्भिक साधारणसभाको बन्दसत्रले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । २ बर्षे कार्यकाल हुने गरी तय गरिएको विधान बमोजिम कार्यसमितिमा १ अध्यक्ष, १ निर्वतमान अध्यक्ष, प्रथम र द्धितिय गरी २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, कोषाध्यक्ष एवं सहकोषाध्यक्ष गरी…

Read More

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएसँगै करिब ३ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्याएका टावरहरुको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि…

Read More

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए।

Read More

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिन्ह दिइने आयोगले जनाएको छ । चुनाव चिन्ह वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदैछ । गत मंसिर ४ गते भएको चुनावमा तनहुँ १…

Read More

काठमाडौं । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताउनुभयो । भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउँछन् । नयाँ भेरियन्टबाट…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले बताए । उक्त समस्या न्यूनीकरणको विषयमा कामपाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्नेमा उनले बताए । ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र सवारीको गतिलाई…

Read More