Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक बिहीबार सिंहदरबारमा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
Author: हाम्राे हेडलाइन
काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७२ औंँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्रीले दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताए। ‘देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ। कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ’उनले भने ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरीकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए । काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । “काठमाडौँ महानगरपालिकासँग देखिएको टकराबलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ”,उनले भने । बागदरबार र सिंहदरबारबीच टकराब देखिएको…
काठमाडौं । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ। बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिए । उनका अनुसार पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो। विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १४ मन्त्रालयको असहयोगपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताएका छन् । मेयर साहले सामाजिक संञ्जालमा पोष्ट गर्दै आफुले १४ मन्त्रालयसँग विभिन्न पहल गरेको तर मन्त्रालयले सुनेको नसुनै गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनु परेको बताएका हुन् । उनले भने,‘मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ?’
काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् । गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।
जनक श्रेष्ठ लमजुङ । लमजुङमा सञ्चालित तीन दिने मौरी पालन क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा बेसिशहरमा शुक्रबारदेखि शुरू भएको यस तालिममा आइतबार सम्पन्न भएको हो । जिल्लाका मौरी जोन कमाण्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत मौरी जोन कमान्ड क्षेत्रभित्र पर्ने बेसिशहर, दोर्दी, सुन्दरबजार, मध्यनेपाल, दुधपोखरी र क्व्होँलासोंथर गाउँपालिकाका गरी ३० जना सहभागी भएका थिए । सहभागिहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीको शारिरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या र समासमायिक गोला…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो । सन्दीप लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो । यो प्रकरणको सुनुवाई अन्तिम चरणमा छ । आइतबारको सुनुवाई भने सकिएको छ । लामिछानेले नाबालिगमाथि बलात्कार गरेको भन्दै मुद्दा परेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो। पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए । उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए।
काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन् । कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको लागि त्यहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टसँग भेटघाट गरेका हुन् । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भने, ’यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो ।’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिकरुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ संक्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको संख्या ३५६ जना पुगेका छन् । काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
