Author: हाम्राे हेडलाइन

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर) भेटिएको छ । सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्। बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई चुनौती दिएका हुन्। उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।’ उनले हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिएको हो भन्दै राजनीति चाहिएको होइन भनेका छन्। यसअघि प्रमुख साहले १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने बताएका थिए। एक सातादेखि यी स्थानका फोहोर उठेका छैन। गत…

Read More

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नयाँ वर्षमा मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको बिस्काः अर्थात् बिस्केट जात्राका लागि आजदेखि चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले आजदेखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ । स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो । विस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए। गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो। रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताए। उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे। राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ। यससँगै ढाकाले सांसद पद पनि गुमाएका छन्। उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ। बैठकपछि बोल्दै रास्वपा सभापति रवि लामिछानेले ढाकाले दुर्गा प्रसाइँसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टी भएको बताए। झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन वसुन्धरास्थित केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसेको थियो। बैठकका लागि सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका थिए। रकम मोलमोलाई प्रकरणमा श्रेष्ठले लिखित स्पष्टीकरण…

Read More

काठमाडौं । कोभिड संक्रमणबाट थप एकको मृत्यु भएको छ । मंगलबार पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२० पीसीआर र १ हजार ७५७ एन्टिजेन गरी कुल २ हजार ३७७ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ ५८ र एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४४५ रहेको छ । मंगलबार १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमण बढेसँगै अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । हाल आईसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जना कोभिड संक्रमित उपचाररत छन् ।

Read More

काठमाडौं । सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्। बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो। बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ। बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्। सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले जनाएको छ।

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए। मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल…

Read More

काठमाडौं । बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने भएका छन् । बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ। त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ। बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ। अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्नेछ। यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।

Read More

काठमाडौं । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतमा रोजगारी गरी नयाँ वर्ष (बिसु) मनाउन घर फर्कका उनीहरुको जिप दुर्घटनमा मृत्यु भएको हो। झुाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हा । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्। जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका…

Read More