Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई प्रस्ताव गरेको र सबैले समर्थन गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बताए। बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए। कांग्रेसबाट यतिबेला दुई जनालाई उम्मेदवारको रुपमा चर्च गरिएको छ, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला। यद्यपि, चार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको शुक्रबार बिहान बसेको बैठकले पौडेललाई उम्मेदवार बनाउने्बारे अनौपचारिक सहमति गरेको बताइएको छ। प्रधानमन्त्रीले बोलाएको शुक्रबारको बैठक राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्ने एक मात्रै अजेन्डा रहेको…

Read More

काठमाडौं । प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज उक्त विधेयक संसद्मा दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । विधेयकमार्फत् मुख्यगरी परिषद्को बैठकसम्बन्धी कार्यविधिमा संशोधन गर्न लागिएको छ । संवैधानिक परिषद्को निर्णय प्रक्रिया र गणपूरक सङ्ख्यामा संशोधन प्रस्ताव गरिएको छ । संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा…

Read More

काठमाडौं । धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५÷२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५÷२५ वर्ष कैद र ५-५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ । जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ सजाय पनि तोकिएको छ । अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतवार नै पेस गर्न आदेश दिएसँगै लामिछाने विदेश जान नपाउने भएका हुन् । लामिछानेले विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल्न पाउँ भनेर गएको बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतवार पेशी तोक्न आदेश दिएको छ । सोमबारदेखि सुरु हुने नेपालको आठौँ शृंखलामा यूएई र पपुवा न्युगिनीसँग दुई÷दुई खेल हुँदैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो । ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । ‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय…

Read More

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो आइतबार बाँडफाँड गरिने भएको छ। आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियो। अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी…

Read More

एजेन्सी । युरोपेली संघसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको सन्दर्भमा सो समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तर सरकारी मञ्च जी-सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निश्कर्षमा पुगेका हुन् । भारतको बेङलुरुमा जी-सेभेनका अर्थमन्त्रीबीच भएको बैठकमा पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको थियो । यसैबीच संयुक्त राष्ट्र संघीय महासभाले युक्रेनमा जारी रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ…

Read More

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनका लागि बालुवाटार शुक्रबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । पुस १० गते भंग भएको पाँच दलीय गठबन्धनका दलहरुबीच राष्ट्रपतिलाई लिएर सहमति जुटाउन बसेको बैठकमा निष्कर्षमा नपुगी सकिएको हो। बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले राखेको र अन्य दलहरुबाट आएका प्रस्तावमा छलफल भइरहेको बताए। उनका अनुसार अहिले आ–आफ्नो दलभित्र छलफल हुने छ भने फेरि ५ बजे बैठक बस्नेछ ।

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित संघीय संसद् भवनमा बस्न लागेको हो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। त्यसैगरी आजको बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ। सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ।

Read More

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।आयोगको निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।दावी विरोध र उजुरीमा कुनै निवेदन नपरेको आयोगले जनाएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न भने निवेदन परेको छ। अन्य चारवटा निवेदन भने…

Read More