Author: हाम्राे हेडलाइन

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । त्यस्तै नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ ।

Read More

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् । उच्च अदालत पोखराबाट आइतबार सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

Read More

जनक श्रेष्ठ लमजुङ, १५ फागुन । लमजुङको दोर्दी गाउँपालिका किसानमैत्री बन्दै गएको छ । गाउँपालिकाले हरेक रुपमा गाउँपालिकाभित्रका किसानलाई सहयोग गर्दै आएको छ । यस्तै हालै पालिकाले किसानलाई ४८ वटा भेंडा सहयोग गरेको छ । गाउँपालिकाले वडा नं. ८ मा रहेको सात कन्यादेवि भेडापालन समूहलाई यतिका भेँडा सहयोग गरेको हो । किसानहरुलाई ४८ वटा भेला सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले समूहका अध्यक्ष भुवनसिंह घलेलाई भेँडा हस्तान्तरण गर्दै भेँडा संरक्षणमा गाउँपालिका लागेकाले व्यवसायिक भेँडापालनमा थप टेवा पुग्ने लक्ष्यका साथ यसरी सहयोग गरिएको बताए । पालिका तथा पालिका बाहिर मासु ऊन दुधबाट बनेका परिकारहरु निर्यात गरी किसानको जिवनस्तर उकास्न…

Read More

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो। राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

Read More

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक बदली…

Read More

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताएका छन् । ग्रामीण भेग तथा जिल्लामा मात्र नभएर मुलुकमै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदो क्रममा रहेकाले सोको सुधारका लागि योजना बनाएर लाग्नुपर्ने बताए । वडा नं. ६ ढोडेनी सरन्चोकमा रहेको ढोडेनी आधारभूत विद्यालयले ६० औँ वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथि अधिकारीले केहि विद्यालयको शैक्षिक स्तर राम्रो भएपनि सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाप्रति आम अभिभावकको धारणा हेराई फरक रहेको बताए । गाउँपालिका अध्यक्ष अधिकारी सरकारी विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न शैक्षिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । पालिका…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ। परराष्ट्रमन्‍त्री पौडेल मानवअधिकार काउन्सिलको कार्यक्रममा भाग लिन आज बेलुका जेनेभा जाने तयारी थियो। पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी थिइन्। राष्ट्रपति निर्वाचनका लागि बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै परराष्ट्रमन्त्री पौडेलले जेनेभा भ्रमण रद्द गरेकी छन्। परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी थिइन्। पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो जेनेभा भ्रमण रोक्न कसैबाट निर्देशन नआएको बताएकी थिइन्।

Read More

काठमाडौं । उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह (पल शाहंलाई सफाई दिएको छ । सफाई पाएसँगै शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने छन् । नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाई दिएको थियो।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो नभएको ठाउँमा पुल बनाउने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोरखा नगरपालिका–३ मा बाटो नभएको स्थानमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले महरहट्टासहित भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको हो । गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने पक्की पुल दुबैतर्फ सडक नभएको स्थानमा निर्माण गरिएको थियो । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार…

Read More

काठमाडौं । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ। शनिबार मात्र राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङको उम्मेदवारी परेको थियो। उक्त उम्मेदवारीविरुद्ध आइतबार बिहान १० बजेदेखि २ बजेसम्म उजुरी गर्ने समय निर्वाचन आयोगले उपलब्ध गराएको थियो। तर उक्त समयमा उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। ‘राष्ट्रपति निर्वाचन २०७९ को लागि निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार बिहान १० बजेदेखि १४ बजे सम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उजुरी नपरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो…

Read More