Author: हाम्राे हेडलाइन

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकेको छ। कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ। यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ।

Read More

काठमाडौं । सरकारले शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैकले यस्तो निर्णय गरिएको हो। धेरै सार्वजनिक बिदा भएको भन्दै आलोचना हुन थालेपछि सरकारले शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो। शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक र प्रहरी कार्यालयहरु खुला राख्ने निर्णय भएको हो।

Read More

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उप-महासचिवमा गायक तथा सर्जक हरि डाँगीले उम्मेदवारी दिने भएका छन् । यही फागुन १२, १३, १४ गते धादिङ बेसीमा हुने प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशनमा डाँगीले उप-महासचिवमा उम्मेदवारी दिन लागेका हुन् । डाँगी अहिले प्रतिष्ठानको सचिव हुन् । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारबाट शुरु हुने महाधिवेशनको लागि कलाकारहरु धादिङ पुगेका छन् । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहनेछ । ब्लू ओशन रिक्रूटमेन्ट प्रा. लिका सञ्चालक समेत रहेका डाँगीले…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो ।” प्रधानमन्त्रीले भने,“तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई…

Read More

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले सचिवालय बैठक फागनु १३ गते बिहान बस्ने गरि बोलाएको हो । उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ । बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ । सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । नेकपा एमालेले पुस १० गते भएको सहमति अनुसार आफूले राष्ट्रपति पाउनुपर्ने माग राखेको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते भएको सहमतिबाट पछि हटिसकेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालो र राष्ट्रपति एमालेलाई दिने सहमति…

Read More

काठमाडौं । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भएपनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए । सो विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू भएसँगै आजदेखि रात्रिकालीन उडान सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का मानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए । उक्त विमानस्थल…

Read More

एजेन्सी । ताजिकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ।  भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो। सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीले घोषणा गर्ने लाभांशमा थप कडाई गरेको छ । बुधबार लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था गरेको छ । १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांश ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि लघुवित्त कम्पनीले २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था थियो । २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यस्था थियो । लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा १५…

Read More

काठमाडौं । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। उनीहरुलाई ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुसँग धरौट माग गर्ने आदेश दिएको हो। अदालतले माग गरनेको धरौटी बुझाएर उनीहरु थुनामुक्त हुन पाउने छन्। बाराको सिम्रौनगढ–३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए। सोही मुद्दामा काठमाडौंको कलंकीका नविन कँडेल र सप्तरीको राजविराजका रबि माझी भने फरार छन्। गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि २० लिगमा उनीहरुले…

Read More

काठमाडौं । हुन्डी कारोबारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको हो । भारत हिमाञ्चल प्रदेश घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४९ वर्षीय विजयकुमार गुप्तालाई गत सोमबार पक्राउ गरेको हो। उनी कुलेश्वरस्थित माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक हुन्। उनीबाट प्रहरीले ५७ लाख नगद र १४ लाख ८० हजार बराबरको चेक बरामद गरेको हो। उनीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ। उनले फलफूल व्यवसाय चलाएर लामो समयदेखि हुन्डी कारोबार गर्दै आएका थिए। उनलाई प्रहरीले २०७५ साल साउन ७ गते दुई…

Read More