Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन- २ का उम्मेदवार रवि लामिछानेले आफ्नो सवारी चालक शम्भु थापा छतबाट खसेर घाइते भएको विषयबारे प्रष्ट पारेका छन्। चितवन मेडिकल कलेजमा उपचाररत थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको उनको भनाइ छ। आफू नेताभन्दा पहिले मानिस रहेको बताउँदै सहानुभूति आवश्यक रहेको बताएका छन्। उनले भनेका छन्, ‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आँशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला।’

Read More

काठमाडौं । झन्डै २८ अर्ब रुपैयाँ बक्यौता र नवीकरण दस्तुर बुझाउन नसकेपछि स्मार्ट टेलिकमको अनुमतिपत्र स्वतः रद्द भएको छ । स्मार्ट टेलिकमको लाइसेन्स खारेजीबाट जोगाउन सरकारले पटक–पटक बक्यौता तिर्ने म्याद थपे पनि कम्पनीले अटेरी गरेपछि यस पटक स्वतः अनुमतिपत्र खारेज भएको हो । अनुमतिपत्र खारेज भएसँगै स्मार्ट टेलिकमको सम्पत्ति सरकारले नै व्यवस्थापन गर्नेछ । दूरसञ्चार प्राधिकरणको आजको बोर्ड बैठकले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ का आधारमा कम्पनी नियन्त्रणमा लिने निर्णये गरेको हो । प्राधिकरणले अब कम्पनीको सम्पत्ति तथा दायित्व यकिन गरी लिलामीमार्फत बिक्री गर्नेछ । २०७० सालमा आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाएको स्मार्ट टेलिकमको म्याद…

Read More

काठमाडौं । प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबार आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आजदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने अभियान शुरु भएको छ । कोराना भाइरसको सङ्क्रमण फैलिन थालेकाले बुस्टरको पहिलो र दोस्रो डोज दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका वडा नम्बर ८ र १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नम्बर १० र ३१ को सामुदायिक सहरी स्वास्थ्य केन्द्र तथा राष्ट्रिय सभागृहमा बुस्टर खोप लगाउन सकिने छ । १२ वर्ष उमेर माथिका, दोस्रो खोप लगाएको ३ महिना पूरा भएकालाई पहिलो बुस्टर मात्रा तथा पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएकाले बिहान १० बजेदेखि दिउँसो चारबजेसम्म खोप लगाउन पाउने छन् । यसअघि गएको चैत २९ गतेदेखि ३० गतेसम्म…

Read More

काठमाडौं । टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्वसमेत रहेको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेका चालक दिलबहादुर थापा घरको तिन तला माथि वाट खसेर गम्भीर घाइते भएका छन् । थापा भरतपुर ११ स्थित लामिछानेकै निवासबाट सोमबार बिहान करिब ४ बजे खसेर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाइते थापाको अहिले भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चुनाव प्रचारका क्रममा राती अबेर मात्रै लामिछाने सहित चालक थापा घर आएका थिए । मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।…

Read More

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। भारतीय आयल निगम (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा साढे ६ रुपैयाँ र डिजल लिटरमा एक रुपैयाँ बढेर आएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे अनुसार स्थानीय बजारमा मूल्य समायोजन नभएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दुई हप्ता अगाडि मात्रै पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य घटाइएको थियो । अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य पुनः उकालो चढ्न शुरु गरेको हो । निगमका अनुसार पेट्राेलियम पदार्थकाे मुल्य बढेर आउँदा निगमकाे पाक्षिक नाफा ८० कराेडबाट घटेर…

Read More

काठमाडौं । १० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन्।आइतबार राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय तथा ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ मा व्यवस्थाअनुसार उपनिर्वाचनमा सेना परिचालन गर्ने अनुमति दिएको जनाएको छ।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपियाँ बिगो माग दाबी गरिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका ९ जना र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका एक गरी १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आरोप पत्र दर्ता गरिएको हो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानि पु¥याई…

Read More

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । मंगलबारदेखि हुने प्रतियोगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । टोलीमा पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् । यस्तै अर्जुन साउद सन्दीप जोरा सूर्य तामाङ र किशोर महतोलाई ’रिजर्भ’ खेलाडीमा राखिएको छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष…

Read More