Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। त्रिवि क्रिकेट…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
Author: हाम्राे हेडलाइन
काठमाडौं । कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि सबैलाई आग्रह गरेको…
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ। जसअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने छन्। यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
काठमाडौं । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ। बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए।
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक बनाएर पाठ्यक्रम लागू गर्ने योजना बनाएको छ । पाठ्यक्रम निर्माण तथा शिक्षा सम्बन्धी आवधिक योजना निर्माणका लागि शिक्षा शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकसँग छलफल गरेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछानेका अनुसार आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने विषयमा छलफल थालिएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हालसम्म दोर्दी गाउँपालिकामा स्थानीय पाठ्यक्रम र शैक्षिक योजना निर्माण नभइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी…
काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हाे । घरायसी व्यवहारमा १० प्रतिशत भन्दा बढीको दरमा ब्याज लिन नपाइने कानुन भए पनि कानुनले मिटरब्याजलाई अपराधका रूपमा परिभाषित गरेको थिएन । मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार कानुन संशोधन भएमा मिटरब्याजी साहुकारमाथि अपराधमा अनुसन्धान गरी सरकारले नै मुद्दा चलाउने बाटो खुल्नेछ । पछिल्लो समय महोत्तरीबाट ११ दिन पैदलै हिँडेर काठमाडौं आएर मिटरब्याजपीडितले सरकारलाई दबाब दिएपछि कानुन संशोधनको तयारी भएको हो । देवानी संहितामा लेनदेनसम्बन्धी विवादलाई…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।
काठमाडौं । पहिचान पक्षधर समूहले कोशी प्रदेशको नामकरणविरुद्ध विराटनगरमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। पहिचानको पक्षमा वकालत गर्दै आएका विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिनका लागि अश्रुग्याँस र लाठीचार्ज गरेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीतर्फ ढुंगा हानेका छन्। प्रदेशको नाम कोशी राखेको विषयमा विराटनगरमा पछिल्लो केही समययता पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन्। ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ। मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो। त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा भएका हुन् । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्। उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो। प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण हिजो उनीहरूलाई कारागार चलान गरिएको थियो। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। प्रहरीसँगको…
काठमाडौं । सरकारले मिटरब्याजी पीडितहरूसँग छलफल गरी समस्या समाधान गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवि शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् । टोलीले तत्काल छलफल अगाडि बढाउने गृह मन्त्रालयका उपसचिव एवम् वार्ता टोलीका सदस्य तामाङले जानकारी दिए । मिटरब्याजी पीडितहरुले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा प्रदर्शन गरेका छन् । खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा टङ्गालमा…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडितहरु बालुवाटार पुगेका छन्। त्यसका लागि उनीहरु अहिले बालुवाटारको भाटभटेनी पुगेका छन्। प्रहरीले त्यहाँबाट अघि बढ्न नदिएपछि उनीहरु सडकमा धर्नामा बसेका छन्। गएराति खुलामञ्चमा बस्न नपाएर उनीहरु सडक पेटीमा बसेका थिए। महोत्तरीको बर्दिबासबाट चैत २ गते हिडेका उनीहरु ११ दिनको पैदल यात्राबाट काठमाडौं आएका हुन्। हिजो खुलामञ्चमा मिटरब्याज पीडितहरूलाई पस्न नदिन महानगरले नगरप्रहरी तैनाथ गरेको थियो। पछि नेपाल प्रहरी पनि थप गरियो। अपराह्न साढे ४ बजे खुलामञ्च पुगेका पीडित त्यहाँभित्र पस्न पाएनन्। त्यहाँ उनीहरूले केही बेर नाराबाजी गरेका थिए। त्यसपछि उनीहरुले सडक पेटीमै रात बिताए। साहुबाट मिटरब्याजमा पैसा लिएका उनीहरुले चर्को ब्याजका…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
