काठमाडौं । बेसीशहर नगरपालिका–७ का वडाअध्यक्ष ऋषि बस्नेतले लमजुङ अस्पतालका डाक्टर सन्दीप अधिकारीमाथि हातपात गरेको आरोप लागेको छ ।
आइतबार राति अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर अधिकारीमाथि वडाअध्यक्ष बस्नेतले हातपात गरेको अस्पतालले जनाएको छ ।
बस्नेत आमाको उपचारका लागि अस्पताल पुगेका थिए । बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका अस्पतालले जनाएको छ । सोही क्रममा यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि वडाअध्यक्ष बस्नेतले हातपात गरेका लमजुङ अस्पतालका मेसु (मेडिकल सुपरिटेडेन्ट) डाक्टर विशाल तिवारीले बताएका छन् ।
डाक्टरमाथि हातपात भएको भन्दै बस्नेत विरुद्ध डाक्टरसहितको ड्युटीमा रहेको टिमले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।