काठमाडौं । जनकपुर बिग मार्टमा आगलागी भएको छ। शनिबार राति भएकाे आगलागीमा करोडौं मूल्य बराबरको क्षति भएको छ।
जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् आगो लागेको हो। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ। आगलागीबाट १० कराेडभन्दा बढीकाे क्षति भएकाे अनुमान गरिएकाे छ।
जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो।