काठमाडौं । तनहुँमा डेंगी सङ्क्रमणबाट बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–४ शितलचोकमा छ वर्षीय बालकको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए। छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।