काठमाडौं । काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी पल्टिँदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्। बागमती प्रदेश ०३–००१–ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडीले बुधबार बिहान काभ्रेको पनौती नगरपालिका–५, सुन्दरबस्तीमा बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा उक्त गाडी सडक छेउको नालीमा खसेको थियो।
गाडीमा चढेका ७ जना र मोटरसाइकलमा चढेका २ जना घाइते भएका हुन्। घाइते भएका ९ जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। घाइतेमध्ये गाडीमा यात्रारत रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, डीएसपी राजकुमार श्रेष्ठका अनुसार धुलिखेल अस्पतालले बुधबार बिहान ७ः३५ बजे बुढाथोकीलाई मृत घोषणा गरेको थियो।
गाडीका चालक काभ्रेको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते हुनेमा गाडीका यात्रु रामेछापको मन्थली नगरपालिका–१ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका–६ का ५१ वर्षीय टंकप्रसाद दाहाल, मन्थली नगरपालिका–२ की ३० वर्षीया ज्ञानु ढुंगेल, मन्थली–१ का १८ वर्षीय रकिट ढुंगेल, लिखु तामाकोशी गाउँपालिका–६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का ३१ वर्षीया उर्मिला घिमिरे छन्। यस्तै, मोटरसाइकलमा सवार इलाम थाकथुम गाउँपालिका ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन्।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौँको…
काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते…
काठमाडौं । देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, July 21
ताजा :
- मधेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कार आरोपमा पक्राउ
- रूपन्देही–३ उपनिर्वाचन कात्तिक १७ मा, असोज २४ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने
- देशभर ७२.१४ प्रतिशत धान रोपाइँ
- मिडिया काउन्सिल स्वतन्त्र, तर सरकारसँग जोडिएको संयन्त्र हुनुपर्छ: मन्त्री गुरुङ
- पुँजीबजारमा साढे २१ अर्बको कारोबार
- नारायणगढ–मुग्लिन सडकमा कारमाथि ढुङ्गा खस्दा तीन भारतीय नागरिक घाइते
- बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक
- प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
- प्रधानमन्त्री ओलीको आग्रह : भारी वर्षाको सम्भावना, सतर्क रहन सबैलाई अनुरोध
- लमजुङको भुजुङ क्षेत्रमा आकस्मिक बहाव र पहिरोको जोखिम, विभागद्वारा सतर्कता अपनाउन आग्रह
मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, १ जनाको मृत्यु
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित